काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफरिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।


ADVERTISEMENT


बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की) , प्रदेश नम्बर २ मा तिलक परियार (बाँके) , प्रदेश नम्बर ३ मा विष्णु प्रसाई (झापा), गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन), प्रदेश नम्बर ५ मा धर्मनाथ यादव (सिरहा), कर्णाली प्रदेशमा गोविन्द कलौनी (डडेल्धुरा) र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी (काठमाडौ)लाई प्रदेश प्रमुख बनाउन सिफरिस गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यद्दपी कुन प्रदेशमा कसलाई प्रमुख बनाउने भन्ने कुराको टुंगो भने सरकार र राष्ट्रपतिले लगाउने उनले बताए ।

बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन। सोमबार प्रदेश प्रमुख टु‌ंगो लगाउने भन्दै आइतबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।