काठमाडौं – बल्खुस्थित ओम हरेराम सवारी काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ का ४० वर्षीय निरञ्जन रानामगर सहित ४ जना रहेका छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई १ बुक तास र नगद १४ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।