काठमाडौँ – नेपालले १४ वर्षपछि टेष्ट क्रिकेटको अघिल्लो रुप तीन दिवसीय क्रिकेटमा पुनरागमन गरेको छ । नेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध तीनदिवसीय खेलका लागि मैदान उत्रिएको हो ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ भने एमसीसी टोली ब्याटिङमा छ ।
खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रमथ श्रेणीको मान्यता दिएको छ। टेस्ट बाहेकका राष्ट्रले खेल्ने दुई इनिङको प्रतियोगितालाई आइसीसीले प्रमथ श्रेणीको मान्यता दिनेगर्छ।


ADVERTISEMENT

# # #


नेपालले यसअघि सन् २००५ मा यूएईसँग कीर्तिपुरमा प्रथम श्रेणीको खेलेको थियो । त्यतिवेला आइसीसीले टेस्ट मान्यता नपाएका देशलाई समेट्दै प्रथम श्रेणीको अन्तर महादेशीय कप आयोजना गरेको थियो ।

खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने सहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । डेब्यू गर्नेमा कप्तान मल्लसहित विनोद भण्डारी, ललितनारायण राजवंशी, राजु रिजाल, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, पवन सरार्फ गरी ९ जनाले प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरेका छन्।

नेपाली टिममा रहेका खेलाडी मध्ये सोमपाल कामी र शरद भेषवाकर मात्र प्रथम श्रेणीको क्रिकेट खेलेका छन्।

सोमपालले सन् २०१६ मा श्रीलंकाको सारासेन्स स्पोर्टस क्लबबाट दुई वटा प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । शरदले भने सन् २००५ मा नेपाली टिमबाट प्रथम श्रेणीको क्रिकेट खेलेका थिए।

एसीसीविरुद्ध प्रथम श्रेणीको नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, राजु रिजाल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी ।