काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ।


ADVERTISEMENT


बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपाले स्व. अधिकारीको ठाउँमा उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।