अर्घाखाँची – सन्धिखर्क नगरपालिकाको नरपानीमा बुधबार बिहान कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी रुपन्देही सैनामैना नगरपालिका वडा नं २ बस्ने दुर्गा देवी खड्का, तिलक खड्का र भक्तबहादुर खड्काको ज्यान गएको छ भने सैनामैना २ निवासी गाडि चालक बिनोद खड्का र गंगाबहादुर खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्टले जानकारी दिए । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।