काठमाडौँ– सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान मानेको छैन भन्दै उनले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिए ।


ADVERTISEMENT

# # #


“कर्मचारीलाई करकापमा पठाइँदैन । उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ”, मन्त्री बस्नेतले भने, “कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ ।”

गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले काम नै नगरी सरकारको तलब खाने कर्मचारी पनि छन् तर देश र जनतालाई ठग्ने त्यस्ता कर्मचारीलाई तह लगाउन प्रयास गर्ने बताए।

मन्त्री बस्नेतले संविधान संशोधन गरेर जानुपर्नेको विकल्प नभएको भन्दै अहिलेको सरकारले संविधान कार्यान्वयनको दायरा शतप्रतिशत पुर्याउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।