काठमाडौँ – नेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलको पहिलो इनिङमा नेपालले खराब प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


नेपालले ४४ ओभरमा सबै विकेट गमाउँदै १५३ रनमा अलआउट भएको हो ।  नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए । आक्रामक इनिङ खेलेका उनले नेपाललाई फलोअनमा पर्नबाट जोगाएका हुन् । नवौँ नम्बरमा ब्याटिङमा आएका सन्दीपले ४ छक्का र २ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै विनोद भण्डाररीले ३६ रन जोडेर आउट हुँदा सोमपाल कामी २६ रन बनाए । विनोद र सोमपालले छैटौँ विकेटका लागि अर्धशतकीय साझेदारी गरेपनि नेपालको इनिङ केही उकासिएको थियो ।

यस्तै आरिफ शेखले १० रन बनाउँदा राजु रिजाल ८, शरद भेषवाकर ४, दीपेन्द्र सिंह ऐरी १ र कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भए । एमसीसीका लागि याजिर अरफातले ३ विकेट लिए । त्यसक्रममा उनले ९ ओभरमा एक मेडेन राख्दै १५ रनमात्रै खर्चिए । यस्तै अलेक्स थम्प्सनका नाममा पनि ३ विकेछ रह्यो । यस्तै ओलिभर डार्बी र विल राइटले समान १-१ विकेट लिए ।

त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो। एमसिसीका लागि विल रोड्सले सबैभन्दा बढी ७३ रनको योगदान गरे। यस्तै विल वेन्डर्सपरले ५३ रन बटुले भने माइल्स हामुदले ५१ रन जोडेका छन्।

दोस्रो दिन ३५ रनबाट ब्याटिङ गरेका यारिस आराफात ६५ रनमा आउट भए। २१ रनबाट खेलेका एलेक्स थमसनले ३० रनको योगदान दिए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले सबै विकेट बिहीबार नै लिएका हुन्। सन्दीप लामिछानेले पनि ३ विकेट हात पार्दा शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट हात पारे।

दुबै टोलीको पहिलो इनिङ सकिएसंगै एमसीसीले नेपालाई २२१ रनले डि गरिरहेको छ । एमसीसीले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ ।