काठमाडौँ – विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतविरुद्ध दशरथ रंगशाला नहुने जानकारी दिएको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा खेल नगराउन निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल र कुवेतबीचको खेल नेपालमा नहुने भएपछि एन्फाले एएफसीलाई उक्त खेल भुटानको चाङ्गलिमिङ्गथाङ रंगशालामा गर्न फिफा र एएफसीलाई प्रस्ताव गरेको छ । यसअघि मंगलबार एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। उनी रंगशालाको स्थिति देखेर असन्तुष्ट भएका थिए। उनले एएफसीको प्रतियोगिता समितिलाई प्रतिवेदन बुझाएसँगै खेल नहुने निश्चित भएको हो।

वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिले चिनियाँ कम्पनीले बनाइरहेको छ ।