काठमाडौँ – विभिन्न विद्यार्थी संगठनले भारतको काठमाडौँको लैनस्थित दूतावासअघि प्रदर्शन गरेका छन् । भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्साभित्र नेपाली भूभाग कालापानी क्षेत्र परेपछि विद्यार्थीसंगठनहरुले त्यसको विरोध स्वरुप दूतावास अघि प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


प्रदर्शनका क्रममा उनीहरुले नाराबाजीसहित भारतको नयाँ नक्सा समेत जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।