काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शनिबार कालापानी क्षेत्रको सिमाविवादको बिषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन् । बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाए ।


ADVERTISEMENT

# # #


“सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सिमाका समस्या समाधान गर्न अग्रसर रहेको छ ” प्रधानमन्त्री ओलीले भने “ सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।”
उनले भने, “भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु ।”

“हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुदैन” प्रधानमन्त्री ओलीले भने, “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ । ”

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागु नहुने बताए । “हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन ” उनले भने, “अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ ।”

प्रधानमन्त्री ओलीले हालको सिमा विवादको बिषयमा कसैलाई उत्ताउला पनि अभिव्यक्ति नदिन निर्देशन दिए । “उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ” उनले भने “ भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ”