काठमाडौँ – सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् ।


ADVERTISEMENT


६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त लामाले पुष्टि गरे ।


ADVERTISEMENT

# # #


कतार एयरको उडानबाट नेपाल आएका ट्रुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कोकिन करामद भएको हो ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।