काठमाडौं – ओयो होटेल्स् एण्ड होमस्ले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ ।


ADVERTISEMENT


“ओयो रहनुस् बिन्दास” नारा सहित यो टिभी कमर्सियलले देशमा अतिथि तथा सम्पूर्ण पर्यटकहरुका लागि ओयोको बलियो उपस्थीति र गुणस्तरीय आवासको सहज पहुँचमा प्रकाश पारेको छ । सबैका लागि जहाँ पनि ओयो छ भन्ने सन्देश यसले प्रवाह गरेको छ । भिडियोमा नेपालको लोकप्रिय अभिनेत्री वर्षा राउत र उनका श्रीमान अभिनेता संजोग कोइरालाले अलग–अलग टिभिसीमा मुख्य भूमिका निर्वाह गरेका छन् र व्यापक दर्शकहरुलाई लक्षित गर्दै यो टिभीसी नेपाली तथा अंग्रेजी उपशीर्षकमा सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT

# # #


गाडी बिगरीएर सडकको बीचमा फसिरहेको एउटा परिवारलाई ओयोले कसरी उद्धार गर्छ भन्ने कुरा पहिलो टिभीसीमा देखाइएको छ । दोस्रो टिभीसीमा आफ्नो दैनिक रुटिनबाट छुट्टी लिन खोजिरहेका दुई जना साथीहरु तत्कालै ओयो एपको मार्फत होटेल बुक गर्छन । दुवै भिडियो “तपाईं जहाँ कही गए पनि त्यहाँ तपाईंको लागि ओयो छ” भन्ने सन्देश प्रवाह गर्दै अन्त्य हुन्छ ।

भिडियो सार्वजनिक गरेपछि ओयो नेपालका कन्ट्री हेड विक्की योल्मोले नेपालमा पहिलो टिभी अभियान सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । उनले भिडियोले यात्रुहरुका लागि हाम्रो वास्तविक भ्याल्यु प्रोपोजिशन–तपाईं नेपालमा जहाँ कही भएपनि, ओयो तपाईंबाट टाढा छैन भन्ने सन्देश उजागर गर्ने बताए ।

यात्रुहरुका लागि उच्च गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्न तथा होटेल मालिकहरुलाई उच्च प्रतिफल सुनिश्चित गर्न प्रतिबद्ध रहेको ओयोले सन् २०१७ मा नेपालमा प्रवेश गरेको हो । त्यसपश्चात, होटेल श्रृंखलाले आफ्नो उपस्थीति काठमाडौं, पोखरा लगायत नेपालका २१ वटा भन्दा बढि शहरहरुमा विस्तार गरिसकेको छ । अहिले ओयोले ४४०ं होटेल्स् सहित ६,६००ं एक्सक्लुसिभ कोठाहरुमार्फत आधुनिक एमिनिटिज सेवा उपलब्ध गराइरहेको छ ।