काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जाने भएका छन् । मुख्यमन्त्री राउत एसोसिएट अफ नेपाली तराइयन इन अमेरिका(एन्टा)को हुन लागेको साधारणसभामा भाग लिन त्यसतर्फ पूथान गर्न गर्दैछन् ।


ADVERTISEMENT


उनीसंगै प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिकाजाँदैछन् । अमेरिकामा बस्ने मधेशी मूलका नागरिकहरूको संस्था एन्टाको कार्यक्रममा जानका लागि राउतले लामो प्रयास गरेका थिए । यसअघि पनि अमेरिकास्थित नेपाली मधेशीमूलका नागरिकको एक कार्यक्रममा जान चाहेका मुख्यमन्त्री राउतलाई सरकारले रोक लगाएको थियो ।


ADVERTISEMENT

# # #


उनी एन्टाको कार्यक्रम सकेर मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।