काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयको भवन उद्घाटन गरेको छ । ज्ञानेश्वरस्थित उक्त भवनको बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


यस्तै अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, लगायत विभिन्न सरकारी विद्यालयमा छात्रवृत्ति, शैक्षिक सामग्री वितरण गरेको छ ।

सोही अनुसार न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था ‘फुड फ लाइफ नेपाल’लाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्तर्गत प्रदान गरिएको एकमुष्ट १ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले शुभकामना मन्तव्य दिँदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।

यस्तै नेपाल राष्ट्र बैंकका कामु. गभर्नर चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताउदै बैंकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारे । यस्तै मंगलबार बसेको बैंक सञ्चालक समितिले आ.व. २०७५÷०७६ को नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।