विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताएका छन् । विराटनगरमा आज आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


कृषिको माध्यमबाट देश धनी र जनता सुखी हुने भन्दै मुख्यमन्त्री राईले कृषिको व्यवसायिक, आधुनिकिकरण, औद्योगिकरण र बजारीकरणको आवश्यकता रहेको बताए । ‘अहिले कृषि क्षेत्रको अवस्था नाजुक छ’ मुख्यमन्त्री राईले भने, ‘अहिलेको अवस्थालाई सुधार गर्नेपर्छ ।’


ADVERTISEMENT

# # #


कृृषि क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकता रहेकोले व्यवस्थित ढंगबाट कानून, नीति, निर्देशिका बनाएर अगाडि बढ्ने उनले बताए । कृषिको माध्यमबाट धनी हुने सरकारको लक्ष्य रहेको बताउँदै उनले सहयोग, अनुदान वितरणमा वास्तविक किसानमा पुग्ने गरी काम भइरहेको जानकारी दिए ।

‘विगतमा परम्परागत ढंगबाट निर्वाहमुखी कृषि भयो, अब आधुनिक र प्रविधिमैत्री भएर कृषि पेशा गर्नुपर्छ’, मुख्यमन्त्री राईले भने । कृषि क्षेत्रबाट आम्दानी बढाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनको धारणा थियो ।

कृषि क्षेत्रमा कुनै प्रकारको अभाव नहुने वातावरण प्रदेश सरकारले बनाइरहेको बताउँदै उनले अर्गानिक फर्महरु स्थापनामा कृषकहरु लाग्नुपर्ने बताए ।