पर्सा – करिब १० केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका–४ पटेर्वा सुगौली बस्ने २५ वर्षीय शिवजन्म माझी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई गाउँपालिका–२ स्थित रंगपुर चोकबाट बुधबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।