काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्रा लिबिच सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट मिल्नेछ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतकृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभर रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।