काठमाडौं – पूर्व अर्थराज्यमन्त्री उद्योगी डा. रूप ज्योतिविरुद्ध विगेन्द्रकृष्ण मल्लले दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।


ADVERTISEMENT


रूप ज्योतिविरुद्ध मल्लले एक करोड २६ लाख रुपियाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अघिल्लो बिहीबार रुपज्योति तथा उनको छोरी सुरुचि ज्योतिलाई पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


मल्लको जाहेरीको आधारमा पक्राउ परेका दुबैजनालाई अनुशन्धान गर्नको लागि काठमाडौं जिल्ला अदालतले दुई पटक म्याद समेत थपिसकेको छ । आठ दिनको म्याद बिहीबार सकिनेमा जाहेरीवाला मल्लले बुधबारनै आफूले दिएको जाहेरी फिर्ता पाउँ भनेर जिल्ला सरकारी वलिक कार्यालयमा बुधबार निवदेन पेश गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायधिवक्ता नुमराज खनालले उजुरीकर्ता मल्लले उजुरी फिर्ता गरिपाउँ भनेर निवेदन दिएको बताए । प्रहरीले अनुशन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको र थप कार्यहरु भैरहेको सहायक जिल्ला न्यायधिवक्ता खनालले बताए ।