काठमाडौं – बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ ।


ADVERTISEMENT


बिहीबार नेपालले फाइनल खेलमा माल्दिभ्सलाइइ हराउँदै पहिलो संस्करणको प्रतियोगिताको उपाधी आफ्नो नाममा लेखाएको हो । नेपालले माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको छ । खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो ।


ADVERTISEMENT

# # #


यसअघि नेपालले समूहचरणमा पहिलो खेलान अफगानिस्तान, दोस्रो खेलमा किर्गिस्तान, तेस्रो खेलमा आयोजक बंगलादेश र अन्तिमक खेलमा माल्दिभ्सलाई नै पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।