काठमाडौं – नेपाल प्रहरीले ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद गरेको छ । प्राय भीड नियन्त्रणका लागि प्रयोग गरिने ‘वाटर क्यानोन’ आगो नियन्त्रणका लागि समेत प्रयोग गर्ने गरिन्छ । यसअघि ‘वाटर क्यानोन’ नेपाल प्रहरीसंग एउटामात्रै रहेको थियो ।


ADVERTISEMENT


खरिद भएका नयाँ ५ वटा ‘वाटर क्यानोन’को बिहीबार प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा परीक्षण एवम् प्रदर्शनी भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका छन्।


ADVERTISEMENT

# # #


उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।


‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।