काठमाडौं – रौतहटको फरदवामा बम विष्फोट, ज्यान मार्ने उद्योग र कत्र्तब्य ज्यान सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।


ADVERTISEMENT


उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका काँग्रेस नेता एवम् पूर्व मन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।


ADVERTISEMENT

# # #


थुनछेक बहसमा आलम पक्षका कानून व्यवसायीको बहस सकिएपछि आलम र जाहेरी दिने नारायण सिंहसँग न्यायधिशले घटनाबारे सोधपूछ गरेका छन्। न्यायधिश दिपक ढकालको इजलासले उक्त घटनामा आलमलाई थुनामा राख्ने/नराख्ने सम्बन्धमा आजै आदेश गर्ने अदालत स्रोतले जनाएको छ ।

२०६४ चैत्र २७ गते रौतहटको फरदवामा बम विष्फोट भएको थियो । उक्त घटनामा सरकारी वकिललको कार्यालय कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा सजायको माग दाबीसहित मुद्दा दत्र्ता गराएको थियो ।