काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्यव कमिटी निर्माण गरेको छ ।


ADVERTISEMENT


पार्टीको आइतबार सम्पन्न सचिवालय बैठकले पाण्डेलाई इन्चार्जको जिमेवारी दिएको छ भने लक्ष्मण पन्तलाई सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकले सचिबमा शिबप्रसाद साह, अध्यक्षमा युवराज चौलागाँइ र सदस्यमा रुकु बिकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो कमिटीले प्रवासमा रहेका नेपालीको हकहितका लागि काम गर्ने र विदेशमा पार्टीको अन्य प्रवास कमिटी रहने छैन ।

बैठकले अधिकार प्रत्यायोजनका अन्य विषयमा भने निर्णय नलिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।