काठमाडौँ – बंगलादेशमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ टिम्स कपमा नेपालले प्रतियोगिताको समूह चरणको अन्तिम खेल आयोजक बंगलादेशविरुद्ध खेल्दैछ । सेमिफाइनलको यात्रा तय गर्नका लागि नेपालले सोमबार हुने खेलमा बंगलादेशलाई हराउनैपर्ने बाध्यता रहेको छ ।


ADVERTISEMENT


समूह ‘बी’मा रहेको नेपाल आफ्नो पहिलो खेलमा भारतसंग ७ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै प्रतियोगितामा आफ्नो यात्रा जीवितै राखेको छ । नेपालले सेमिफाइनलको लागि स्थान सुनिश्चित गर्न बाँकी एउटा खेल जितेर मात्रै पुग्दैन् ।


ADVERTISEMENT

# # #


भारत र हङकङ विरुद्धको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

कसरी सेमिफाइनल पुग्छ नेपाल ?

समूह बीमा बंगलादेश २ खेलमा २ जितसहित ४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । उसले सोमबार नेपालसंग हारेमा उसको ३ खेलमा ४ अंक हुनेछ । यता भारतले पहिले खेलमा नेपाललाई हराएपनि दोस्रो खेलमा बंगलादेशसंग पराजित भएको थियो ।

त्यसकारण प्रतियोगिताको अघिल्लो चरणको यात्रा तय गर्नका लागि उसले पनि सोमबार हङकङलाई हराउनु पर्नेछ । त्यसो भएमा उसको पनि ३ खेलमा २ जितसहित ४ अंक हुनेछ । यता सोमबार नेपालले बंगलादेशलाई हराएमा नेपालको पनि ३ खेलमा २ जितसहित ४ अंक हुनेछ । त्यो अवस्थामा हङकङ प्रतियोगिताबाट बाहिरिसकेकाले रनरेटका आधारमा दुई टोली समिफाइनलका लागि छनोट हुनेछन् ।

समूह ए मा पाकिस्तान, अफगानिस्ता, आनेमान र श्रीलंका रहेका छन् ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।