काठमाडौं – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आयोजक राष्ट्र बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।


ADVERTISEMENT


ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो ।


ADVERTISEMENT

# # #


नेपालको सुरुवात औशत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

बंगलादेशका लागि सुमान खान र शेद अवेद्दिनले समान ३ ३ विकेट लिए । यस्तै मोहम्मद तानवि र मेहदी हसनले समान २ २ विकेट लिए । सेमिफाइनलको यात्रा तय गर्नका लागि नेपाललाई जित्नै पर्ने बाध्यता रहेको छ ।