काठमाडौं – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार ब्यहोरेको छ । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार आयोजक बंगलादेश यू–२३ ले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो । १३९ रनको सामान्य चुनौति पच्छ्याएको बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि कप्तान अजमुल शान्तोले सर्वाधिक ५९ रन बनाए । अविजित रहेका उनले ५६ बलमा ६ चौका र २ छक्का हाने । यस्तै मोहम्मद नामिम शेख ४५ रन बनाएर आउट हुँदा याजिर अलि चौधरी १८ रनमा नट आउट रहे भने सौम्य सरकारले ११ रन जोडे ।


ADVERTISEMENT

# # #


नेपालका लागि करण केसी र सुसन भारीले समान १–१ विकेट लिए ।

यसअघि नेपालको सुरुवात औशत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

बंगलादेशका लागि सुमान खान र शेद अवेद्दिनले समान ३–३ विकेट लिए । यस्तै मोहम्मद तानवि र मेहदी हसनले समान २ २ विकेट लिए । सेमिफाइनलको यात्रा तय गर्नका लागि नेपाललाई जित्नै पर्ने बाध्यता रहेको छ ।

समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारतसंग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङ विरुद्ध जित विजयी भएको थियो । समूह ‘बी’बाट बंगलादेश सेमिफाइन पुगेको छ भने भारतले पनि सेमिफाइनलको सिट लगभग पक्का गरिसकेको छ । यता समूह ‘ए’मा श्रीलंका बाहिरिएसंगै पाकिस्तान, अफगानिस्तान र ओमानमध्ये दुई टिम सेमिफाइनल पुग्नेछन् ।