काठमाडौँ – यस वर्षको सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ ।


ADVERTISEMENT


हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल(मुन्द्रे) लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र ‘डिशहोम सिनेमा घर’ च्यानलमा मंसिर १३ गते देखि प्रदर्शन हुने छ ।


ADVERTISEMENT

# # #


डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (एबथ एभच ख्ष्भध० सुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु ९एबथ एभच ख्ष्भध० सुविधा अन्तर्गत सञ्चालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्यूनतम शुल्कमा हेर्न सकिने डिशहोमले जनाएको छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको फिल्म “छ माया छपक्कै” गत कात्तिक २४ गतेदेखि नेपालभरका हलहरुमा प्रदर्शन भएको थियो ।