विराटनगर – प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को सुरुवात भएको छ ।


ADVERTISEMENT


‘पर्यटक र अतिथीको सत्कार, प्रदेश १ को संस्कार’ नाराका साथ पर्यटन भ्रमणवर्ष २०२० को प्रवद्र्धन थालेको प्रदेश १ सरकारले आइतबार ‘यात्रा पूर्वको’ शुभारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


पूर्वको यात्रा गर्ने इम्याजिन नेपालको टोलीलाई स्वागत गर्दै मुख्यमन्त्री शेरधन राईले प्रचुरमात्रामा पर्यटकिय क्षेत्र रहेको यस प्रदेशको यात्राले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचार र प्रवर्द्धनमा यात्राले टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले घोषण गरेको २०२० पर्यटन वर्षमा पनि यात्रामा सहभागी टोलीलाई प्रदेश नं १ आएर पुनः घुम्नका लागि आग्रहसमेत गरे ।

प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदीश कुसियतका अनुसार शनिबार सुनसरीको कोशी टप्पु पुगेको टोली आइतबार नेपालकै सबैभन्दा ठूलो बर्जु तालको अवलोकन गरेको थियो। त्यहाँबाट टोली बिराटनगर पुगेको हो ।

टोलीमा नबिल बैङ्कका सिइओ अनिलकेशरी शाह, इमाजिन नेपालका सिइओ मोना कार्की, मिस युनिभर्स नेपाल २०१७ का नगमा श्रेष्ठ, मिस एसिया नेपाल २०१७ पिङ्की राजबरैया, अस्ट्रेलियका जेनस वेब, सुनसरीका उद्यमी प्रीतम कुसियतलगायत छन् ।