काठमाडौं : पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएर मात्रै कलाकारहरूले राज्य सत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन् । अहिलेका राजनीतिकदलहरूले कलाकारहरूलाई सम्मान गर्नै नसकेको झाको गुनासो छ ।


ADVERTISEMENT


तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, तथा श्रष्टा सम्मानकार्यक्रममा संघीय नेपालका प्रथम उपराष्ट्रपति झाले कलाकर्मीहरूलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

‘यहाँ त पैसाको बिटो बुझाएमात्रै राज्य सञ्चालन र उच्चतहमापहुँचपाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ,’ झाले भने, ‘कलाकारको मेहनत, देश र जनताप्रतिदिएको बलिदानीलाई सम्मानगर्नुपर्छ, कदर गर्नुपर्छ ।’
पूर्वउपराष्ट्रपति झाले मुलुकविस्तारै विकास र समृद्धिको यात्रामा अघि बढेकाले अबकलाकारहरूले पनि सम्मानजनक स्थानपाउने धारणा व्यक्त गरे।


ADVERTISEMENT

# # #


कार्यक्रममा समाजवादी पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएमा कलाकारहरूलाई पनि फाइदा पुग्ने बताइन् । ‘केन्द्रिकृत भएर बसेको मुलुकको पूँजीलाई अब विस्तारै प्रदेश र स्थानीयतहमा पु¥याउनुपर्छ,’ यादवले भनिन्, ‘यसबाट कलाकारहरू पनि लाभान्वित हुनुहुने छ।’

त्यसैगरी, वरिष्ठ संस्कृतिविद्, गायक तथा देउडा सम्राट प्राज्ञ नन्दकृष्ण जोशी र संगीतकार तथा समाजसेवी मनोजराज शिवाकोटीले परिवर्तनका आन्दोलनहरूमा कलाकारको योगदान रहने गरे पनि त्यसपछि सधैँ राज्यबाट उपेक्षाको शिकार भइरहेको बताएका छन् ।

विभिन्न क्षेत्रका श्रष्टा सम्मानित

तिलक फिल्म्सले विभिन्न क्षेत्रमा क्रियाशील श्रष्टाहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष दीपकराज जोशीकाअनुसार मुर्छना संगीतालयका प्रबन्धनिर्देशक वरिष्ठगायक, संगीतकार मनोजराज शिवाकोटी, शैक्षिक तथा सामाजिक संघ–संस्थामा आवद्ध, वरिष्ठ शिक्षा सेवी तथा समाजसेवी सपना लामा, पत्रकार अशोक अधिकारी, झरनाकला केन्द्रकी प्रबन्ध निर्देशक, नृत्य निर्देशक तथा कलाकार मनिषा राईलाई सम्मान गरिएको छ।

त्यसैगरी, शैक्षिक अभियन्ता तथा समाजसेवी रामकृष्ण बल, निर्माण, सौन्दर्य तथा महिला उद्यमी सरस्वतीश्रेष्ठ (सरु),नृत्य निर्देशक तथा कलाकार रोशन बुढाथोकी, महिला उद्यमी तथा समाजसेवी छपिकुमारी ओली, वरिष्ठ ध्वनी सम्पादक तथा गायक कुमार रानालाई पूर्वउपराष्ट्रपति झाले सम्मान गरेका थिए ।