काठमाडौं : त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा चाइनाज टिबेट–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयको ट्रेड डेभलपमेन्ट ब्यूरो तथा तिव्वत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल चीन उद्योग वाणिज्य संघको सहकार्यमा यो मेला आयोजना गरेको हो ।


ADVERTISEMENT


यो मेला आजदेखि सुरु भएर १२ गतेसम्म चल्नेछ । यसको उद्घाटन ११ बजे एक कार्यक्रमका साथ उद्घाटन हुन गइरहेको समेत जानकारी गराइयो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलाको प्रमुख उद्देश्य नेपाल तथा तिव्वत वीचको सदियौं पुरानो आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ मजवुत बनाउने रहेको छ । साथै मेलाबाट नेपाल तथा तिव्वतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत अझ मजबुत बनाउने विश्वास लिएकोे बताए ।

कार्यक्रमा तिव्वत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लापा थिन्लेले नेपाल चीन उद्योग वाणिज्य संघ तथा तिव्वत बोर्डर ट्रेड चेम्बर वीच समझदारी पत्रमा हस्ताक्षर पछि दुई संस्थाको सहकार्यमा आर्थिक तथा व्यापारिक क्रियाकलापहरु हुँदै आइरकेको बताए । साथै यस मेलामा ५० भन्दा बढी चिनियाँ व्यापारिहरुले खाद्य पदार्थ, पेय पदार्थ, जडिबुटी, साइकल, मेसिनरी, कस्मेटिक आदि पदार्थ प्रदर्शन हुने कुरा बताए ।