ललितपुर – ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा बलात्कार अभियोगमा पक्राउ परेका छन्।


ADVERTISEMENT


धनुषा स्थायी घर भएका झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले हिमालय पोष्टलाई बताए । झालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको डिएसपी तामाङले जानकारी दिएका छन् ।