काठमाडौं : नियमित रुपमा व्यायाम गर्दा डीप्रेशनको सम्भावना घट्ने एक अध्ययनले देखाएको छ । हप्ताको चार घन्टा व्यायाम गर्ने वयस्कहरूमा अवसादको सम्भावना १७ प्रतिशतले घटेको देखिएको वैज्ञानिकहरूले पाए ।


ADVERTISEMENT


दिनको जम्मा आधा घन्टा शारीरिक गतिविधि गर्दा पनि सकारात्मक असर पर्ने हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले पत्ता लगाए ।अनि योग र नृत्य गर्दा पनि जिममा पसिना बगाएजत्तिकै फाइदा शरीरलाई पुग्ने पाइएको छ ।


ADVERTISEMENT

# # #


डा कार्मेल चोइ र उनका सहकर्मीहरूले पार्टनर्स हेल्थकेयर बायोबैंकमा आठ हजार सहभागीबाट आँकडा संकलन गरेका थिए । बायोबैंक दीर्घकालीन अनुसन्धान कार्यक्रम हो र यसबाट वैज्ञानिकहरूले जिनहरू कसरी स्वास्थ्य परिणाममा असर पार्छन् भन्ने कुरा बुझ्न वैज्ञानिकहरूलाई सहायता पुग्छ ।

बायोबैंकमा भाग लिँदा सहभागीहरूले आफ्नो जीवनशैली, बानीबेहारा र व्यायामको स्तरका बारेमा प्रश्नको उत्तर दिएका थिए ।दुई वर्षको अवधिमा अनुसन्धाताहरूले यो जानकारीलाई रोगीको स्वास्थ्य रेकर्डसँग दाँजे र अवसाद भएका मानिसलाई विशेष निगरानी गरे ।

जिनमै अवसादको सम्भावना भएका मानिसहरूले व्यायाम गर्दा अवसाद हुने सम्भावना १७ प्रतिशतले घटेको पाइयो ।

व्यायाममा पनि दौडिने र हिँड्ने गर्दा अवसाद घट्ने सम्भावना क्रमशः १३ र ११ प्रतिशतले घटेको पाइयो ।

तर जगिङ गर्दा, पौडी खेल्दा र र्‍याकेट खेल्दा कुनै लाभकारी असर देखिएन ।