काठमाडौं : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले १३ औं साग गुमाउने भएका छन् । सन्दीपको मंगलबार आँखाको शल्यक्रिया गरिएको थियो । सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । नेपाली टोलीका व्यवस्थापक सुमनराज कार्कीले सन्दीप नखेल्ने निश्चित भएको बताए ।


ADVERTISEMENT


सन्दीपले शल्यक्रियाका कारण दुई साता आराम गर्नुपर्नेछ । सन्दीपले यस बारेमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेल पठाएर जानकारी गराइसकेको बताइएको छ । क्यानले उनलाई मेडिकल रिपार्ट पेस गर्न भनेको छ । सन्दीपको स्थानमा मध्यपंक्तिका ब्याट्सम्यान रोहित पौडेललाई राखिने लगभग निश्चित भइसकेको आजको कान्तिपुर दैनिकमा खबर छ ।


ADVERTISEMENT

# # #