काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ । उनलाई एपेन्डिसाइटिसको समस्या भए पछि त्रिवि शिक्षण अस्पताल अन्तर्गतका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।


ADVERTISEMENT


उनलाई शल्यक्रिया कक्षबाट वार्डमा सार्ने तयारी भएको र शल्यक्रिया सफल भएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. अरुण सायमिले बताए । उहाँको अन्य स्वास्थ्य अबस्था जाँच गरे पछि मात्र उनलाइ कति दिन अस्पताल राख्ने भन्ने तय हुने उनले बताए


ADVERTISEMENT

# # #


अहिले प्रधानमन्त्री आराम गरीरहे का छन् । उनको शल्यक्रिया सर्जन द्वय डा.रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले गरेका थिए ।

पेट दुखेपछि उनी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएपछि उनी अस्पताल भर्ना भएका थिए । चिकित्सकहरूले विभिन्न परीक्षणबाट उनमा एपेन्डिसाइटिस भएको पुष्टि गरे पछि उनको शल्यक्रिया शुरु गरेका थिए ।

के हो एपेन्डिसाइटिस ?
मानव शरीरकोे एपेन्डिक्स नामक आन्द्रामा हुने एक प्रकारको रोग हो । एपेन आन्द्रामा हुने एक प्रकारको पातलो थैली हो जसको मानव शरीरमा खासै कुने भूमिका हुँदैन । जब यो थैलीमा कुनै संक्रमण बा अन्य कारणले यो सुनिन जान्छ त्यसपछि यसबाट निकै दुखाइकौ अनुभव हुन्छ । समयमै उपचार नगरे बिस्तारै दुखाइ बढ्न गई यसले गम्भीर रूप लिन सक्छ । यसो भए मा जति सक्यो चाँडो यसको शल्य क्रिया गर्नु पर्ने हुन्छ । यसको शल्यक्रिया खासै जटिल हुँदैन ।