काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पताल श्रोतले बताएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई भर्खरै भेन्टिलेटरबाट हटाइएको जनाईएको छ । श्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ ।


ADVERTISEMENT

# # #


त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । त्यसअघि अस्पतालले प्रधानमन्त्री ओलीको स्थास्थ्य स्थिर रहेको जानकारी दिएको थियो ।