केरुङ-काठमाडौं जोड्ने क्रस बोर्डर रेलवेको चीनले एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने भएको छ। मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच भएको छलफलमा सो सहमति भएको हो।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणमा यसबारे सहमति र सम्झौता भइसकेको छ। त्यसलाई नै कार्यान्वयन गर्नको लागि यो पाँचौं बैठक बसेको हो’ भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले भने, ‘विस्तृत फिजिविलिटी अध्ययन गर्ने र एकअर्काको दायित्व के-के हुन् भन्ने कुरामा सहमति गर्यौं।’


ADVERTISEMENT


चीनले एरियल म्यापिङ र भौगर्भिक अध्ययन गर्ने र नेपालले सुरक्षा प्रदान गर्ने लगायत अन्य प्रतिवद्धतामा हस्ताक्षर गरेको कार्कीले बताए।


ADVERTISEMENT

# # #


उनले अब कार्यतालिका निर्माण भएर काम अघि बढ्नेसमेत बताए।

‘फिजिविलिटी अध्ययन भने पनि यो विस्तृत फिजिविलिटी अध्ययन हो। यसमा फिल्डको सम्पूर्ण कामहरू सकिन्छन्। अनुसन्धानको कामहरू अहिले नै गरिन्छ,’ उनले भने।