काठमाडौँ – ट्राफिक प्रहरी महाशाखाले आगामी डिसेम्बर १ देखि काठमाडौँमा सुरु हुने १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखााले विशेष अनुरोध गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक सूचना जारी गर्दै महाशाखाले रिंगरोडभित्र मालबाहक सवारी साधान प्रवेश नगर्न अनुरोध गरेको छ । सागको उद्घाटन हुने दिन मंसिर १५ गते विजोर नम्वर प्लेट र समापन हुने दिन मंसिर २४ गते जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन महाशाखाले अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै महाशाखाले साग आयोजना हुने दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग भनेको छ । साग हेर्न आउने दर्शकका लागि पार्किङ स्थलका रुपमा काठमाडौँ मल अगाडिको टुडिखेललाई तोकिएको मशाखाले जनाएको छ ।

यस्ता छन् महाशाखाका ९ अनुरोध : 

१. ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन ।
२. दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन ।
३. सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घघाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेट र समापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउनु हुन ।
४. २०७६ मंसिर १५ गतेको उद्घघाटन र मंसिर २४ गतेको समापनका दिन कम भन्दा कम सवारी साधनहरू प्रयोग गरिदिन हुन ।
५. पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिनु हुन ।
६. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गरिदिनुहुन ।
७. हर्न बजाउन पूर्ण रूपले निषेध गर्नुहुन ।
८. ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुहुनका साथै सम्पूर्ण पैदलयात्रीहरूले जथाभावि वाटो नकाटी फुटपाथ प्रयोग गरिदिनहुन ।
९. ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन ।