काठमाडौं – अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका.१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका–४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन् ।


ADVERTISEMENT


गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखाका अनुसार काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डि गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरी

घटनाको बारेमा आवश्यक अनुसन्धान जारी रहेको उक्त महाशाखाले जनाएको छ ।