काठमाडौँ – एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


ADVERTISEMENT


महाराजगञ्जस्थित त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि अझै एक साता अस्पतालमै बस्नुपर्ने जानकारी दिएको हो । स्वास्थ्य सुधार भएपनि प्रधानमन्त्री ओलीलाई अझै एक साता अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


उपचारमा संलग्न तथा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार विभिन्न स्वास्थ्य मापदण्डहरुमा अपेक्षाकृत सुधार आएको छ । ‘उहाँको स्वास्थ्य सुधारन्मुख हुनुका साथै फिजिकल र बायोकेमिकल (रगत र पिशाब जाँच)मापदण्डहरुमा अपेक्षाकृत सुधार देखिएको छ’ डा. शाहले भनिन् । उनका अनुसार प्रधानमन्त्री ओलीलाई तरल खाना मुखबाट दिन थालिएको र खाना राम्रैसंग पचाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीको पाचन प्रक्रिया विस्तारै नर्मल अवस्थामा फर्किन थालेको उनले बताइन् । अहिले प्रधानमन्त्री ओलीलाई विस्तारै हिंडाउन थालिएको र बोलचाल पनि सुरु भएको छ ।

‘उहाँको अप्रेसन गरेकाले रक्तश्राव पनि हुने भएकाले धेरै रक्तश्राव नहोस् भनेर प्लेटलेस चढाइएको हो’, उनले भनिन्, ‘उपचारको बेलामा जे कुराको जरुरत पर्छ हामीले त्यही एक्सन लिन्छौँ । सबै विरामीको हकमा चिकित्सकले गर्ने यही हो ।’ मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई अस्पतालमै डायलासिस दिन थालिएको डा. शाहले बताइन् ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो ।  एपेन्डिसाइटिसको अपरेसन गरेकाले डायलासिस पनि मानमोहन सेन्टरमै गरिएको हो ।

प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनी मङ्गलबार बिहान सो सेन्टरमा गएका थिए । एपेन्डिसाइटिस फुटेर संक्रमण बढ्ने खतरामा पुगेका प्रधानमन्त्रको सुधारन्मुख भइरहेको छ ।

उनका अनुसार अपरेसनकै दिनमा पनि प्रधानमन्त्रीको डायलासिस गरिएको थियो भने बिहीबार पनि डायलासिस गरिएको थियो ।