चितवन– निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन् ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार, कार्यालयमा ११ हजार आठ सय ३ जना र गाउँ एवं नगरमा ६ हजार ८७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाका विभिन्न ५ ठाउँमा तथा राप्ति, खैरहनी, रत्ननगर र माडि नगरपालिकामा दुई दुई ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए ।

त्यसैगरी इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एक एक ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट काम थालिएको हो भने गाउँ नगरमा यही साउन १५ गतेबाट फोटोसहितको मतदाता नामावली लिन थालिएको हो ।

त्यस्तै गाउँ र नगरमा साउन मसान्तसम्म तथा जिल्लामा निर्वाचन घोषणा नभएसम्मका लागि फोटोसहितको मतदाता नामावली संकलन गरिने छ । यसअघि जिल्लामा तीन लाख १३ हजार तीनजना मतदाता रहेका थिए ।