काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा हार्ने डरले अनेक प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसंग कुरा गर्दै सहसंयोजक पौडेलले मौन अवधिमा पनि निर्वाचन आचारसंहिता विपरितका प्रचारबाजी गरिरहेको आरोप लगाएका हुन् । ‘देशैभरि नेपाली कांग्रेस मौन अवधिमा पनि चुनाव हार्ने डरले अनेक हत्कण्डाको र आचारसंहिता विरोधी गतिविधि गरिरहेको छ’ पौडेलले भने ।


ADVERTISEMENT

# # #


उनले विधिको शासन, चुनावी आचारसंहिता र स्वच्छ र धाँधलीरहित चुनाव आफूहरुले चाहको र त्यसै अनुसार सरकार र निर्वाचन आयोगले काम गर्दा पनि कांग्रेस आफू आचारसंहिता उल्लंघन गर्ने र नेकपालाई आरोप लगाउने अभियानमा लागेको दाबी गरे ।

‘कांग्रेस आफू काँक्रो चोर्ने र बियाँ अर्काको निधारमा टाँसेर आरोप लगाउने अभियानमा छ ।’ उनले भने, ‘यो कुरा जनताले प्रस्ट बुझेका छन् र जुनसुकै हत्कण्डा र प्रोप्रोगाण्डालाई चिर्दै आफ्नो अभिमतलाई मतमा रुपान्तरित गर्नेछन् ।’

मंसिर १४ अर्थात शनिबार हुने उपनिर्वाचन सच्चाई र झुटका बीचको जनमत संग्रह रहेको  र निर्वाचनमा विकास, समृद्धि र सत्यको जित हुने उनको भनाई छ ।