काठमाडौं –नेपालको पुरुष भलिबल टोली १३ औ दक्षिण एसियाली खेलकुद (साग) बाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुक्रबार साँझ भएको खेलमा भारतसँग ३–० को सोझो सेटमा हार खेप्दै नेपाल बाहिरिएको हो ।


ADVERTISEMENT


शारीरिक रुपमा अग्ला भारतीय खेलाडीमाथि नेपाली टोली निरिह देखिएको थियो । पहिलो सेटमा २५–१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–१३ ले पछि परेको थियो । तेस्रो सेटमा नेपाल २५–१६ ले पराजित भयो । समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा थियो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनमा पुगेका छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।