काठमाडौँ – प्रभु बैंकले रसुवाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा सुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको गोसाईंकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले शुक्रबार एक समारोह बिच समुद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै तामाङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको बैंकिङ पहुँच पुर्याएकोमा धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


बैंकको टिमुरे शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले त्यहाँका ग्राहकले प्रभु बैंकको गुणस्तरीय सेवा पाउने बैँकले विश्वास व्यक्त गरेको छ ।