तीन तहका रिक्त पदका लागि शनिबार मतदान भइरहेको छ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनमा बिहान सात बजेदेखि मतदान जारी छ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।


ADVERTISEMENT


# # #


प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३  वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया

प्रतिकृया