काठमाडौं – आइतबारदेखि १० दिन (मंसिर १५ देखि २४ गतेसम्म) हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)को अवसर पारेर नेपाल टेलिकमले ग्राहकको सेवा र सुविधाका लागि निःशुल्क फोरिजी सिमकार्ड उपलब्ध गराउने भएको छ।


ADVERTISEMENT


सागको पार्टनर स्पोन्सर कम्पनी टेलिकमले प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई यस्तो सिमकार्ड उपलब्ध गराउने जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा टेलिकमले ४५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने जानकारी शनिबार जारी विज्ञप्तीमा उल्लेख छ।

खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखेर टेलिकमले यस्तो सुविधा दिने टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जानकारी पनि दिएको छ। मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन्।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क दिएको छ। ११६६ सर्ट कोडमार्फत कल गरेर यो सेवा लिन सकिने छ ।