काठमाडौँ – उपनिर्वाचनमा भक्तपुरको प्रदेश १ (क) मा नेपाली कांग्रेसले जितेको छ। नेकपाको किल्ला मानिने उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन् ।


ADVERTISEMENT


भँडेलले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाललाई पराजित गर्दै प्रदेश सभाको यात्रा तय गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याएका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । भँडेल २ हजार २ सय ४३ मतान्तरले विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल मजदुर किसानका पार्टी (नेमकिपा)का उम्मेवार निरज लवजू तेस्रो भएका छन् । उनले ५ हजार २९ मत पाएका छन्।