पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।
कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९९१ मत ल्याए।


ADVERTISEMENT


यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।


ADVERTISEMENT

# # #