काठमाडौँ – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।


ADVERTISEMENT


सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुगेका उनले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई नै पराजित गरे ।फाइनलमा मण्डेले २५.७२ अंक ल्याए भने पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।


ADVERTISEMENT

# # #


पुरुष टिम कातामा पनि मण्डेकाजीको स्वर्ण

पुरुष टिम कातामा पनि मण्डेकाजीले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदकका लागि नेपाली पुरुष काताले श्रीलङ्कालाई पराजित गर्यो । मण्डेकाजीसँगै महसुस मानन्धर र प्रवीण महर्जनले नेपाललाई स्वर्ण दिलाए ।

नेपाली टोलीले २५.५४ अङ्कक ल्याउँदा श्रीलङ्काले २५.२८ अङ्क हात पार्यो । पुरुष कातामा पाएको स्वर्णसँगै तेह्रौं सागमा नेपालको स्वर्णको संख्या छ पुगेको छ। यस्तै कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाएका छन् ।