सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकाल श्रीलंकाको कोलम्बोमा भएको चाईना साउथ एसिया ईकोनोमिक कर्पोरेसनमा सहभागि भएका छन् ।
सो अवसरमा बोल्दै नेपाल चीन तथा दक्षिण एसियाकै ट्रान्जिट ईकोनोमी बनिरहेको उनले बताएका छन् । यस्का लागि ढुवानी सम्झौताहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको समेत ढकालको भनाई छ । यसबाट सिँगो दक्षिण एसियालाई नै फाईदा पुग्ने उनको भनाई छ ।


ADVERTISEMENT


नेपालमा लगानीको वातावरणलाई अझ सहज बनाउने राज्यका तर्फबाट प्रतिबद्धता आईसकेको अवस्थामा लगानीको अवस्थालाई बृहत्तर रुपमा अघि बढाउन उचित समय आएको ढकालले बताएका छन् । लगानीका लागि उपर्युक्त वातावरण बनेको भन्दै ढकालले चीन तथा सार्कका लगानीकर्ताहरुलाई नेपालमा त्यसका लागि आउन आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


बीआरआई, कनेक्टिभिटि र यस्का अवसरका बारेमा नेपाल ल्याण्ड लक्ड भन्दा पनि ल्याण्ड लिँक्ड देश भएको भन्दै नेपाल, भारत र चीनको व्यवशायको बृहत्तर हितका लागि, नेपालमै व्यापार व्यवशायलाई बढाउनका लागि, लगानीको वातावरण बनाउनका लागि सरकारले नै समन्वयकारी भूमिका निभाउन जरुरी भएको र यस्का लागि सम्बन्धित सबैले सहयोगी भूमिका निभाउनुपर्नेमा उनले जोड दिएका छन् ।

भर्खरै चीनका राष्ट्रपती सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध उचाईमा पूर्याएको ढकालले उल्लेख गरेका छन् । तेन्जिङ, सेञ्जेन, लियान युङ्गिन र जाङ जियाङ जस्ता चारवटा समुन्द्रि बन्दरगाहा तथा ल्हासा र सिगात्सेका सुख्खा बन्दरगाहालाई अघि बढाउँदै यसबाट फाईदा लिनुपर्ने ढकालले बताए ।

यस्तै, कनेक्टिभिटी, ईन्फास्ट्रक्चर, यातायात, सीमा पार रेल्वे, टर्नेल, निर्माण तथा सामुहिक सहकार्य, ट्रेड लगायतका बिषयहरुलाई नीजि क्षेत्रहरुले अघि बढाउनुपर्ने उनको धारणा छ ।

उद्योग बाणिज्य महासंघका डीजी धरणिधर खतिवडाले सैद्धान्तिक भन्दा पनि व्यवहारिक पक्षलाई मजबुत बनाउँदै जान सुझाब दिएका छन् । उनले कर्पोरेसनसंग जोडिएका पक्षहरुले नजिकको सम्बन्ध कायम राख्दै प्रभाबकारी रुपमा अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा कर्पोरेसनलाई प्रभावकारी रुपमा अघि बढाउने तथा बीआरआईको त्रीपक्षीय अगुवाईका साथमा सिमापार समृद्धि र व्यापार व्यवशायलाई बढाउने उपायका बिषयमा छलफल भएको थियो ।

श्रीलंकाका बाणिज्य मन्त्री फर्नान्डिजले सो कार्यक्रमको उद्घाटन गरेको सो कार्यक्रममा सार्कका व्यवशायी तथा सरकारी कर्मचारीहरु समेत सहभागी थिए ।
सीसीपीआईटी चाईना, सार्क सीसीआई र फेडेरेसन अफ चेम्बर अफ कमर्स र ईन्डष्ट्रि श्रीलंकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

सार्कका अध्यक्ष रुवाई ईद्रिसिन्हे र सीसीपीआईटी युनान काउन्सिलका उपाध्यक्ष उमिङ लगायत भारत, पाकिस्तान, मालिदभ्स, अफगानिस्थानका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।

चीनका पक्षबाट सीसीपीआईटी युनान काउन्सिलका उपाध्यक्ष होईसान, स्यानि ह्याबिट ईन्डष्ट्रियल लिमिटेडका अध्यक्ष जाओ वाङचुङ लगायत सहभागी थिए ।
अर्को बैठक बङ्लादेशले आयोजना गर्ने जनाईएको छ ।