काठमाडौं । ‘क’ वर्गका बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेद्वारी परेको छ । मंगलबार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मात्रै अध्यक्षमा उम्मेद्वारी मनोनयन गरेका हुन् ।


ADVERTISEMENT


एक जनाको मात्रै उम्मेद्वारी परेपछि दाहाल  संघको नयाँ अध्यक्ष बन्ने पक्का भएको छ । यद्यपि, औपचारिक घोषणा भने बिहीबारमात्रै हुने संघको प्रमुख निर्वाचन अधिकृत अनिल शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संघको कार्यसमितमा उम्मेद्वारी दिएकाहरुले भोलि बुधबार फिर्ता लिन चाहे फिर्ता लिने वा दावि विरोधका लागि समय छुट्याइएको छ । बुधबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र बिहीबार संघको निर्वाचन गर्ने कार्यतालिका छ ।

संघको उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष अनुकुल भाटनगर नै दोहोरिने भएका छन् । भारतीय मुलका भाटनगर नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा यथावत रहेन भएका छन् ।