नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले गत कात्र्तिक २० गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेका भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति हो । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वका अन्य स्थानहरुबाट दैनिक हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहने जनाईएको छ ।

भारत सरकारको ने.रु. २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय मिल्नेछ । जिल्ला समन्वय समिति काठमाडौंले परियोजनालाई कार्यान्वयन गरेको हो । दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड
दिएको छ ।